होमपेज / समाज
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने सिगापुर पुगेको खुलेको छ ।
जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी परामर्श गरिरहेका छन् ।क्यारेवियन लिग खेल्न वेस्ट एन्डिज पुगेकै बेला उनीबिरुद्ध गौशाला प्रहरीमा उजुरी परेको थियो । त्यसपछि सन्दीप क्यानको सम्पर्कमा आएका थिए ।
अहिले उनी आफैं हिसाबले कानूनी लडाईं लड्ने तयारी गरिरहेका छन् ।सन्दीप तत्काल नेपाल नआइकन मुद्दा लड्न सकिने विकल्पहरु खोजिरहेको स्रोतको भनाइ छ ।सन्दीपले सामाजिक संजालमार्फत आफू दोषी नभएको दावी गर्दै कानूनले सहि र सत्यतथ्य छानविन गर्ने अपेक्षा गरेका थिए ।