ट्रेण्डिङ

होमपेज / समाज

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीद्वारा महानगरपालिका घेराउ

नेपालगाथा २०७९ भाद्र ३० गते बिहीबार १३:२२:४३ मा प्रकाशित

काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।

जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगरको ध्यानाकर्षण गर्दै  घेराउ गरेका हुन्।

कुनै विकल्प नदिई पूर्वसूचनाविना आफूहरूलाई हटाएर महानगरले दमन गरेको उनीहरूले बताएका छन्। काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीहरूले महानगरविरुद्ध आन्दोलन गरेका हुन्।

जिविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top