ट्रेण्डिङ

होमपेज / समाज

पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु

नेपालगाथा २०७९ भाद्र ३० गते बिहीबार १३:११:३७ मा प्रकाशित

काठमाडौं । पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा–३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्युु भएको हो ।

पैदलयात्रा गरिरहेको अवस्थामा बसले बन्जरालाई बसले ठक्कर  दिएको थियो । ठक्करबाट गम्भीर  घाइते  बन्जराको पश्चिमाञ्चल  क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top