ट्रेण्डिङ

होमपेज / समाज

जमैकाबाट नेपाल जान्छु भनेर निस्किएका सन्दीप लामिछाने कहाँ बेपत्ता भए?

नेपालगाथा २०७९ भाद्र २९ गते बुधबार १६:२२:५५ मा प्रकाशित

काठमाडौं ।  एक जना नाबालिग माथि जबरजस्ती गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने लाई विमानस्थल बाटै पक्राउ गर्ने तयारि प्रहरीले गरेको छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्र धानुक सन्दीप प्रकरणबारे अनुसन्धान जारी रहेको बताउँछन् ।

प्रहरीलाई काठमाडौं जिल्ला अदालतले  लामिछानेलाई पक्राउ गर्न  अनुमति दिएको छ।लामिछानेविरुद्ध यही भदौ ५ गते नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर एकजना नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोग छ ।प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट लामिछानेको नाममा पक्राउ आदेश जारी भएपछि उनी फेला परेमा नियन्त्रणमा लिएर प्रहरी वृत्त गौशालामा पठाउन भनेकाे छ।

प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी भएको र उनको विस्तृत स्वास्थ्य परीक्षण गराइएको छ।ती किशोरीका आफन्तका तर्फबाट भदौ २१ गते उक्त उजुरी दायर भएको थियो।

उनी जमैकाबाट नेपाल जान्छु भनेर निस्किएको स्रोत बताउँछ । तर, सन्दीप वेष्ट इन्डिजमै छन् वा त्यहाँबाट आएर अर्को मुलुकमा छन् भन्ने सूचना सुरक्षा निकायले प्राप्त गरेको छैन ।

लामिछाने विदेशबाटै कानुनी परामर्शमा रहेका बताइएको छ ।सात दिन बितिसक्दा पनि लामिछाने पक्राउ परेका छैनन्।उनी अहिले कहाँ छन भन्ने चासाे सबैलाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top