होमपेज / समाज
काठमाडौं । काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।
३५ दिने सूचना दिएर महानगरले अवैध संरचना हटाउन भने पनि अटेर गरेपछि महानगरले डोजर चलाएको हो । गर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको हो ।
महानगरले काठमाडौंमा अवैध संरचना हटाउन अभियानै चलाएको छ । महानगरले न्यू बिहान किचेन स्टोर्स र टपरी मःम पसलको भत्काएको छ ।