ट्रेण्डिङ

होमपेज / समाज

डेंगी नियन्त्रणमा स्वास्थ्यमन्त्रीको नेतृत्वदायी भूमिका देखिएन: प्रेम सुवाल

नेपालगाथा २०७९ भाद्र २९ गते बुधबार १४:४१:५२ मा प्रकाशित

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।

डेंगीका कारण नागरिकहरूको मृत्य हुने क्रम बढिरहेको बेला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्दै सांसद सुवालले त्यसबारे संसदलाई जानकारी गराउन मन्त्रालयसँग माग गरेका हुन् ।

‘कोरोना पछि डेंगु रोगले जनता एकदमै पीडित छन । अस्पतालहरुमा शय्याको अभाव छ । स्वास्थ्यमन्त्रीज्यूले के छ देशका स्थिति यो त महामारीको रुपमा फैलिँदै छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो । स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो । तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top