ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री देउवाले भने: दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर चाहिन्छ

नेपालगाथा २०७९ भाद्र २९ गते बुधबार १४:२१:४४ मा प्रकाशित

काठमाडौं । नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन ९० बिलियन अमेरिकन डलर चाहिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

 सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको बताउँदै उनले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने बताए । 

“सरकारले १५ औँ पञ्चवर्षीय योजनालाई प्राथमिकता दिएर पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । सरकारले राष्ट्रिय नीति बनाएर २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने योजना बनाएको छ,” देउवाले भने, “कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको छ ।”

यो डिजिटल प्लेटफर्ममार्फत लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहरीकरणसँग सम्बन्धित सबै निकायहरू आबद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान हुने लगानीबोर्डले जनाएको छ ।

देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top