ट्रेण्डिङ

होमपेज / समाज

डा. गोविन्द केसीले आजदेखि धनगढी पुगेर सत्याग्रह सुरु गर्ने

नेपालगाथा २०७९ भाद्र २७ गते सोमबार १३:४७:२९ मा प्रकाशित

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आजदेखि धनगढी पुगेर सत्याग्रह सुरु गर्ने भएका छन् । 

उनले आज (सोमबार) बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ ।उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका छन् ।

आज दिउँसो ५ बजेदेखि २० औँ सत्याग्रह सुरु गर्नेगरी आफू अहिले नै फ्लाइटमार्फत् धनगढी जान लागेको डा. केसीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top