होमपेज / समाज
काठमाडौं । कीर्तिपुरमा मिटरब्याजीपीडितमाथ प्रहरीले दमन गरेको छ । झण्डै २ महिनादेखि तराईका विभिन्न स्थानदेखि आएर मिटरब्याजपीडितहरू अस्थायी बसोबासस्थल बनाएर न्याय मागिरहेका छन् ।
मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए ।आज कीर्तिपुर गेटनजिकै प्रदर्शनको क्रममा उनीहरूमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।
प्रदर्शनमा सहभागी ५०-६० जना सबैलाई प्रहरीले पक्रेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।माइतीघर मण्डलामा धर्ना दिन आउनेक्रममा उनीहरूलाई प्रहरीले बीच बाटोमै बल प्रयोग गरेको हो ।