ट्रेण्डिङ

होमपेज / समाज

कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु:गगन थापा

नेपालगाथा २०७९ भाद्र २६ गते आइतबार १४:५१:११ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबी खोला कोरिडोरको कपन-बुढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरेका छन् ।

आज प्रस्तावित धोबिखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तर्क्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् ।

उनले भने,  ‘एउटै आयोजनामार्फत बाढी नियन्त्रण गर्ने योजना बनाउनुपर्छ । स्थानीय तह, प्रदेशले छुटै काम गर्नुहुँदैन ।’

उनले धोबिखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए ।

यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबभन्दा धेरै गाली खाने गरेको उनले सुनाए । ‘यो क्षत्रमा सबै भन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु, ’ काठमाडौं-४ का सांसद समेत रहेका थापाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top