ट्रेण्डिङ

होमपेज / समाज

सिन्धुलीको कुप्रीडाँडामा बिजुली बल्यो

नेपालगाथा २०७९ भाद्र २५ गते शनिबार १४:३४:२० मा प्रकाशित

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरुको बाध्यता हटेको छ । 

कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर–घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका–१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताउनुभयो । विद्युत् विस्तारपछि सो वडाका झण्डै दुई सय परिवार लाभान्वित भएका छन् ।

चालु आर्थिक वर्षको प्रारम्भदेखि वडा नं १३ को विद्युत् विस्तार थालिएको हो । भौगोलिक विकटताका कारण एकैपटक वडाभरि विद्युत् विस्तार गर्न नसकिएको खड्काले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण र स्थानीय सरकारले दुधौलीमा पछिल्लो विद्युत् विस्तार थालेको छ । बाँकी रहेका अरुनडाँडा, पोखरी, च्यामालगायत क्षेत्रमा पनि विद्युत् विस्तारको पहल भइरहेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top