ट्रेण्डिङ

होमपेज / समाज

दार्चुलामा बाढी र पहिरो : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

नेपालगाथा २०७९ भाद्र २५ गते शनिबार १४:१८:१६ मा प्रकाशित

धनगढी । दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।

गए राति परेको अविरल वर्षाले जिल्लाको नौगाड गाउँपालिका- २ सल्ला गाउँमा आएको बाढी र पहिरोमा परेर पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले नौगाड गाउँपालिका–२ बस्ने १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव भेटिएको जानकारी दिए ।

 बाढी र पहिरोमा अझै सात जना बेपत्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top