होमपेज / समाज
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दिप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित गरेको छ ।उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।
सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा सङ्घबाट निलम्बन गरिएको जनाइएको छ ।