होमपेज / समाज
काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठविरुद्ध उजुरी परेको छ ।
आफ्नै सहकर्मी महिला चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा डा. श्रेष्ठविरुद्ध उजुरी परेको हो ।केन्द्रकै स्थायी विशेषज्ञ महिलाले चिकित्सकले निर्देशक श्रेष्ठविरुद्ध प्रहरी, मेडिकल काउन्सिलसहितका सरोकारवाला निकायमा उजुरी दिएकी हुन् ।
ती महिला चिकित्सकले श्रेष्ठले आफूलाई देख्दा उत्तेजित हुनेसम्मको शब्दको प्रयोग गरी मानमर्दन गर्ने गरेको, चरित्रहत्या गर्ने किसिमको व्यवहार गरेको, शल्यक्रिया गरिरहँदा शल्यक्रिया कक्षबाट विनाकारण आफ्नो कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाई अपमानित गरेर हतोत्साहित गरी निकालेको आरोप लगाएकी छन् ।