ट्रेण्डिङ

होमपेज / समाज

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

नेपालगाथा २०७९ भाद्र २३ गते बिहीबार १४:२९:४७ मा प्रकाशित

काठमाडौं ।  जिल्ला अदालत, काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।

 एक १७ वर्षीया किशोरीले आफूमाथि  लामिछानेले बलात्कार गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छिन्।  सन्दीपले ती किशोरीलाई भदौ ५ गते काठमाडौंबाट नगरकोट पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन।

त्यसबारे अनुसन्धानका लागि अदालतसँग लामिछानेलाई पक्राउ गर्न प्रहरीले अनुमाति मागेको थियो । अदालतले लामिछानेलाई पक्राउ गर्न  अनुमति दिएको छ।सन्दीप वेस्ट इन्डिजमा छन् । नेपालमा अनुसन्धान सुरु भइसकेको छ । अब सन्दीपबिना अनुसन्धान अघि बढ्न नसक्ने अवस्था पनि आएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top