होमपेज / समाज
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि तत्काल कुनै निर्णय नलिने भएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए । ‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ,’ क्यान अध्यक्ष चन्दले भने ।
अध्यक्ष चतुर बहादुर चन्दले केही पदाधिकारीसँग अनौपचारिक छलफल गरेका थिए । त्यस क्रममा तत्काल कुनै निर्णय नलिने समझदारी भएको स्रोतले बताएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालामा लामिछानेमाथि नाबालिका करणीके जाहेरी परेकाे छ।