ट्रेण्डिङ

होमपेज / समाज

दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने

नेपालगाथा २०७९ भाद्र २२ गते बुधबार १६:१७:४२ मा प्रकाशित

काठमाडौं । यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ ।

आज यातायात व्यवस्था विभागले १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ । विभागका महानिर्देशक पाण्डेका अनुसार यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

अगि्रम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top