ट्रेण्डिङ

होमपेज / समाज

कमेडियन अपूर्व क्षितिजलाई रिहा गर्न एमालेको माग

नेपालगाथा २०७९ भाद्र २२ गते बुधबार १४:५२:२२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न सरकारसँग माग गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कमेडियन अपूर्व क्षितिज सिंहको रिहाईको माग गरेका हुन।

‘एक जना हास्य कलाकार अपूर्व क्षितिज सिंहजीले केही दिनअगाडि आफ्नो पोष्टमा हास्यव्यंग्य पोष्ट गरेबापत उहाँ १० दिनदेखि थुनामा हुनुहुन्छ,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बुधबार प्रतिनिधिसभामा भने, ‘उहाँले कला प्रस्तुत गर्ने क्रममा अलिकति हाँस्य प्रस्तुतिको क्रममा केहीलाई मर्का पर्‍यो होला । कसैन कसैलाई मर्का पार्ने प्रस्तुति नै हुन्छ हाँस्यकलाहरूमा । म ती हाँस्य कलाकार सिंहलाई शीघ्र रिहाईको माग गर्न चाहन्छु ।’

कमेडियन अपूर्व क्षितिजलाइ नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा पक्राउ गरि थुनामन राखीएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top