होमपेज / समाज
काठमाडौं । राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ पारित गरेको छ। मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो ।
विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण सुधारेका कैदीहरूको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताए। कारागारमा पनि संरचनाले धान्नेभन्दा बढी बन्दी रहेकाले आचरण सुधारेकालाई बाहिर निकाले सहजता हुने उनको भनाइ छ।
उनले जन्मकैदको सजाय, तेजाब आक्रमण , जबर्जस्ती करणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागूऔषधको ओसारपसार, सम्पत्ति शुद्धीकरण, संगठित अपराधलगायतका २० वटाभन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने स्पष्ट पारे ।
‘आचरण र व्यवहार सुधारेका बन्दीहरूलाई ५० प्रतिशत उनीहरूले कैद भुक्तान गरिसकेपछि कैद मिनाहा गर्ने अवसर मिलोस् नै भन्नेमा हामीहरू छौँ। प्रत्येक जेलमा त्यो जेलको संरचनाभन्दा बढी बन्दी छन्। त्यसकारणले आचरण सुधारेकालाई छोड्न पायो भने अलि सहज हुन्थ्यो कि भन्ने पनि छ,’ मन्त्री खाणले भने।