ट्रेण्डिङ

होमपेज / समाज

योगेशलाई झाँक्रीकाे जन्मदिनको शुभकामना

‘ह्याप्पी वर्थ डे टु यु दाइ, आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुनेरहेछ दाइ’

नेपालगाथा २०७९ भाद्र २१ गते मंगलबार १४:३१:४७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको जन्मदिनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले लेखेको शुभकामना सन्देशले चर्चा पाएको छ ।

योगेशलाई रामकुमारी अविभावक मान्छिन् ।बुधबार योगेशलाई जन्म दिनको शुभकामना दिने क्रममा पनि रामकुमारीले त्यो प्रकट गरेकी छिन् । शुभकामना दिँदै झाँक्रीले नेता भट्टराईको अभाव महसुस भएको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘ह्याप्पी वर्थ डे टु यु दाइ, मेनि मेनि ह्याप्पी रिटर्नस् अफ अ डेअहेड, आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुनेरहेछ दाइ।’

२०५४ मा एमाले विभाजित भएर नेकपा (माले) बन्दा योगशसँगै रामकुमारी मालेतिर  लागेकी थिइन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top