ट्रेण्डिङ

होमपेज / समाज

सुरक्षा गार्ड गुरुङलाई छोडिदिनू :पर्यटनमन्त्री श्रेष्ठ

नेपालगाथा २०७९ भाद्र २० गते सोमबार १८:३७:२३ मा प्रकाशित

काठमाडौं । लाइनमा बस्न भनेको भन्दै सुरक्षा गार्ड पक्राउ परेको विषयमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ विवादमा तानिएपछि उनले ती सुरक्षा गार्डलाई छोडिदिन गृह मन्त्रालयसँग आग्रह गरेका छन् ।

उनले आफ्नो सचिवालयमार्फत गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरिसकेकाले थुनामुक्त गरिदिन गृहमन्त्रालयलाई आग्रह गरेको बताएका हुन् ।

"गुरुङले प्रहरी समक्ष गल्ती महसुस गरिसकेकोले निजलाई नियन्त्रणमुक्त गरिदिन माननीय मन्त्रीज्यूले गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ," उनको सचिवालयले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top