होमपेज / समाज
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न लगाउँदा उत्पन्न विवादपछि पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेटेका छन् । उनले प्रहरी हिरासतमै पुगेर गुरुङलाई भेटेका हुन् ।
प्रहरी वृत्त दरबार मार्गको हिरासतमा रहेका गुरुङ र लामिछानेबीच भेट भएको तस्वीर सार्वजनिक भएको छ । सोही विषयमा छानबनिका लागि काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीको नेतृत्वमा छानबिन समिति बनाइएको उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी रबिन्द्र धानुकले बताए ।
भेटघाटको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै रविले गुरुङलाई धन्यवाद दिन आएको बताएका छन् ।