ट्रेण्डिङ

होमपेज / समाज

सोमबार गोंगबुस्थित बसपार्क क्षेत्रमा बनाइएका अनधिकृत संरचनामा महानगरको डोजर

नेपालगाथा २०७९ भाद्र २० गते सोमबार १४:२३:१५ मा प्रकाशित

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सोमबार गोंगबुस्थित बसपार्क क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाएको छ। 

पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने व्यापारीले बनाएका अवैध संरचनामा डोजर चलाएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरको टोली आज गोंगबुस्थित नयाँ बसपार्क क्षेत्र पुगेको हो।

महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान चलाउँदै आएको छ । सो क्षेत्र वडा नम्बर १६ मा पर्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top