ट्रेण्डिङ

होमपेज / समाज

 बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान

नेपालगाथा २०७९ भाद्र १९ गते आइतबार ०९:२४:३९ मा प्रकाशित

वीरगञ्ज । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

गएराती करिव १२ बजेको समयमा जीतपुरसिमरा २३ मा रहेको एरोटेक प्रालिमा चोरी भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा प्रहरीमाथि नै डाँका समूहले रड प्रहार भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए ।

डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । रड प्रहारबाट ईलाका प्रहरी कार्यालय, जीतपुरका बरिष्ठ नायव निरिक्षक कलमबहादुर शाहीको टाउकोमा गम्भिर चोट लागेकाे छ । 

घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक/एक थान र तीन राउण्ड गोली बरामद गरेको छ ।घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top