ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री देउवाले भने:विश्वविद्यालयका समस्या समाधान गर्न राजनीतिक पूर्वाग्रह त्याग्नुपर्छ

नेपालगाथा २०७९ भाद्र १७ गते शुक्रबार १४:०१:४१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् । 

 देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् ।उनले तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान नहुने बताएका हुन् । 

प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि सरकार सधैँ प्रतिबद्ध रहेको पनि बताए । उनले गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खाली रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । 

शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top