होमपेज / समाज
काठमाडौं । नेपालमा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन हजार ५५७ वटा नमुना परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २१५ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा काठमाडौंमा १०५ जना कोभिड १९ संक्रमित थपिएका छन् ।