ट्रेण्डिङ

होमपेज / समाज

प्रकोपकै रूपमा फैलँदै डेंगी

नेपालगाथा २०७९ भाद्र १६ गते बिहीबार १४:३२:१४ मा प्रकाशित

काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमण प्रकोपकै रूपमा फैलिएको छ ।

धादिङमा डेंगीका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार एकै दिन जिल्ला अस्पतालमा आएकामध्ये ११ जनामा डेंगीको संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले बताए ।

अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेंगीका बिरामी पनि बढ्न थालेको हो ।

 १० जिल्लामा उच्च संक्रमण देखिएको छ ।ललितपुरमा सबैभन्दा धेरै एक हजार १८० जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं, रुपन्देही, भक्तपुर, तेह्रथुम धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची गरी  हाल १० जिल्लामा दुई हजार ६०५ जना संक्रमित छन् । यीमध्ये अगस्टमा मात्र दुई हजार ११९ जनामा डेंगी पुष्टि भएको महाशाखाको तथ्यांक छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top