ट्रेण्डिङ

होमपेज / समाज

बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु

नेपालगाथा २०७९ भाद्र १५ गते बुधबार १९:४०:१२ मा प्रकाशित

बुटवल । बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका पाँच वर्षीय छोरा निशान भट्टराई रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जांदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउंदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।पूर्वतर्फ जाँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङ्कर मुनी लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top