होमपेज / समाज
सुर्खेत। बलपुर्वक बेपत्ता पारिएका पिडितहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एम्नेष्टी इन्टरनेसनल नेपाल समुह २, सुर्खेतको आयोजना र एम्नेष्टी इन्टरनेसनल नेपाल वीरेन्द्रनगर युथ नेटवर्ककाे सहकार्यमा मंगलबार सुर्खेतकाे वीरेन्द्रनगरमा दीप प्रज्वलन गरिएको हो ।
एम्नेस्टी इन्टरनेसनल नेपाल समूह २ का सल्लाहकार एवम् निवर्तमान संयोजक भरतकुमार पन्तले जाेकसैले कसैलाई बेपत्ता पार्नु कानून विपरित भएको बताउनुभयाे।
यसैगरी एम्नेस्टी इन्टरनेसनल नेपाल समूह २ का अध्यक्ष गोमाकुमारी पौडेलले सबै क्षेत्र र वर्गबाट बलपुर्वक बेपत्ता पारिएका पीडितहरूका बारेमा अावाज उठाउनुपर्ने बताउनुभयाे ।
.jpg)
कार्यक्रममा सल्लाहकार तथा अधिवक्ता नारायणनाथ योगीले मानवअधिकारकाे दृष्टिमा सबै समान हुने भएकाले सबैले ढुक्क भएर मानवअधिकारकाे उपभाग गर्न पाउनुपर्ने बताउनुभयाे ।
बलपूर्वक बेपत्ता पार्ने कार्यलाई अन्तराष्ट्रिय अधिकार र अन्तराष्ट्रिय मानवीय कानूनले मानव अधिकारको उलघंन मात्र नभनी अपराधको रूपमा परिभाषित गरेको छ । हाल नेपालमा १४ सय भन्दा बढी व्यक्ति बेपत्ता रहेको तथ्यांक रहेको छ ।