ट्रेण्डिङ

होमपेज / समाज

न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

नेपालगाथा २०७९ भाद्र १५ गते बुधबार १७:२७:५३ मा प्रकाशित

 काठमाडौं । न्यायपरिषद बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ ।

न्याय परिषद्को बिहीबार बसेको बैठकले आर्थिक लेनदेनमा मुछिएका जिल्ला न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषद्‌का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो ।त्यसपछि न्याय परिषद्‌ले अधिकारीलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।

अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top