होमपेज / समाज
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ कञ्चन निरौलासँग वैवाहिक बन्धनमा बाँधिएका छन् ।
उनीहरुले आज (बुधबार) बालुवाटारको सिल्भर ओक पार्टी प्यालेसमा धुमधामका साथ विवाह गरेका छन् ।किरणले माल्दिभ्सको माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टर क्लबले धिवेही प्रिमियर लिग जितेको बेला मैदानमै प्रेमिका कञ्चनलाई प्रस्ताव राखेका थिए ।