ट्रेण्डिङ

होमपेज / समाज

मेयर बालेनसँग सर्वाेच्चले माग्याे लिखित जवाफ

नेपालगाथा २०७९ भाद्र १३ गते सोमबार १६:४२:४९ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बालेनसँग लिखित जवाफ मागेको हो ।अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अपहेलनाको मुद्दा हालेका थिए ।

सर्वोच्च नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन अन्तरकालीन आदेश जारी गरेपछि मेयर बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए ।

 ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ,’ बालेनले फेसबुकमा लेखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top