ट्रेण्डिङ

होमपेज / समाज

त्रिविको समस्या समाधान गर्न सरकारलाई सभामुखको निर्देशन

नेपालगाथा २०७९ भाद्र १३ गते सोमबार १३:४२:१९ मा प्रकाशित

काठमाडौं । तालाबन्दी र आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त बनेको विषयमा संसद बैठकमा कुरा उठेपछि सभामुख अग्नि सापकोटाले समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारलाई रुलिङ नगरे सदन चल्न नदिने चेतावनी दिएको थियो ।

एमाले सांसद प्रदीप ज्ञवालीले त्रिविमा भएको घटनाका विषयमा कुलपति, उपकुलपति र गृहमन्त्रीसमेत केही नबोलेको भन्दै आक्रोश पोखेका थिए । त्यसपछि सभामुखले समस्या समाधान गर्न निर्देशन दिएका हुन् । 

‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दील गायतका विरोध कार्यक्रमहरूले विश्वविद्यायका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु’, सापकोटाको रुलिङ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top