ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं मलको भवन नक्सा पासविनै निर्माण

नेपालगाथा २०७९ भाद्र १२ गते आइतबार १६:४७:३५ मा प्रकाशित

काठमाडौं । सुन्धारास्थित काठमाडौं मलको भवन नक्सा पासविनै बनाएको पाइएको छ । 

आइतबार कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफलमा २०५७ साल भदौ ३० गते वेसमेन्ट पार्किङ र भुइँतल्ला पार्किङको लागि मात्रै नक्सा पास गर्न महानगरपालिकामा निवेदन दिए पनि पास नभएको खुलेको हो ।

कर्मचारी सञ्चय कोषको उक्त भवनमा नक्सा पास, भवन निर्माण इजजात र पार्किङ नै नभएको पाइएपछि आज महानगर र कोष दुई पक्ष बसेर छलफल भएको छ ।

महानगरपालिकाबाट नक्सा पास नभएता पनि कर्मचारी सञ्चय कोषले भवन निर्माण गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top