ट्रेण्डिङ

होमपेज / समाज

भोटाहिटी ‘सब-वे’माथिको अवैध संरचना काठमाडौं महानगरले भत्कायो

नेपालगाथा २०७९ भाद्र १२ गते आइतबार १३:२४:०९ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कअगाडिको अण्डरपासमाथि बनाइएका अवैध संरचना भत्काएको छ । 

भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।नगर प्रहरीले अहिले भोटाहिटी-रत्नपार्को अण्डरपासमाथिका अनधिकृत संरचना भत्काइरहेका छन् । सब-वेमाथि व्यापारिक उद्देश्यले बनाइएको नक्साविपरीतको संरचना गैँती, झम्पललगायतका हाते औजारले भत्काउन थालिएको हो ।

सब वेभित्रका सातवटा बाहेक सबै सटर अवैध भएको पाइएकाले ती सबै संरचना हटाउन थालिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top