ट्रेण्डिङ

होमपेज / समाज

उपमेयर डंगोलले मुख खाेलिन्:महानगरभित्रका अवैध संरचना हटाउन मेरो पूर्ण साथ छ

नेपालगाथा २०७९ भाद्र १२ गते आइतबार १३:१९:३९ मा प्रकाशित

काठमाडौं ।  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नाे साथ र समर्थन रहेकाे स्पष्ट पारेकी छन् । 

उनले आज सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।

मेयर बालेन्द्र शाह बालेनको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयर डंगाेलकाे अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि स्पष्टीकरण दिँदै उनले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा आफ्नाे साथ, सहयोग र समर्थन रहेको प्रष्ट पारेकी हुन् । 

“त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु,” डंगोलले लेखेकी छन्, “त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कुरामा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top