ट्रेण्डिङ

होमपेज / समाज

आजकाे माैसम कस्ताे छ?

नेपालगाथा २०७९ भाद्र १० गते शुक्रबार ०९:४२:५३ मा प्रकाशित

काठमाडौं ।   सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अहिलेकाे माैसममा सामान्य बदली छ ।

बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा प्रदेश १ र बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो काठमाडौं उपत्यकामा केही समय भारी वर्षा हुने महाशाखाको अनुमान छ। दिउँसो देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनीमा दिनभर नै भारी वर्षा हुने मौसमविद् वासीले बताइन्। उनका अनुसार शनिवारदेखि मनसुन थप सक्रिय हुने अनुमान छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top