होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।
रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन देउवा जङ्गी अड्डा गएका हुन् ।उनीहरूबीच भेटमा के कुरा भयो भन्नेबारे जानकारी छैन ।
रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंसँग भएको र पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन गएको उनको निजी सचिवालयले जनाएको छ ।
प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।