ट्रेण्डिङ

होमपेज / समाज

बालेनले भने:नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ

नेपालगाथा २०७९ भाद्र ९ गते बिहीबार १७:१२:४५ मा प्रकाशित

काठमाडौं ।  काठमाडौं महानगरका मेयर बालेन शाह फिल्मीशैलीमा अवैध संरचना भत्काउँदै हिँडेका छन् ।

काठमाडौं महानगरपालिकाले बिहीबार नयाँ बानेश्वर, बिजुलीबजारस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएको छ । कम्प्लेक्सले बनाएको अनधिकृत संरचना हटाउन डोजर चलाइएको हो ।

अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए ।बिहीबारै बिहान महानगरका मेयर बालेन्द्र शाह ९बालेन० अवलोकनमा जाँदा अल्फाबिटाका सञ्चालक द्धिराज शर्मासँग चर्काचर्की भएको थियो ।

अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’

काठमाडौंको बुद्धनगरस्थित अल्फाबिटाच कम्प्लेक्सको अवैध संरचना भएपछि काठमाडौंका मेयर बालेन शाहले अन्य अवैध संरचना पनि भत्काइने चेतावनी दिएका छन् ।

बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् भन्ने कामना पनि गरेका छन् । ‘अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीं अनुसार बनाइ दिनु होला ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top