होमपेज / समाज
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना आजै भत्काउन सुरु गरेकाे छ।
मापदण्डविपरीत बेसमेन्टको दुरुपयोग गरिएको भन्दै महानगरले डोजर लगाएर भत्काउन लागेको हो ।नक्सा इजाजतको अध्ययन र विश्लेषण गरेर महानगरपालिकाले सो भवनमा अवैध तवरले तल्लो तलामा पसल सञ्चालन गरेको ठहर गर्दै मेयर बालेन साहसहितको टोली अल्फा हाउसमा पुगेको हो ।
‘निरीक्षण गर्न जाँदा अल्फाबिटाका सञ्चालकले दाबी गरेको जस्तो देखिएन,’ बालेन शाहका स्वकीय सचिव भूपदेव शाहलेभने, ‘अब त्यो भत्काउन सुरु गरेका छाैँ।