ट्रेण्डिङ

होमपेज / समाज

बालेनले शक्तिको दुरुपयोग गरेका हुन?

बालेनले थर्काएपछि अल्फाबिटाका घरधनीको प्रश्न- मेयर हो कि डन ?

बासु देब न्याैपाने २०७९ भाद्र ९ गते बिहीबार १४:४२:५० मा प्रकाशित

काठमाडौं ।   काठमाडौँ महानगरपालिकाले  अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ। 

 काठमाडौं महानगरका मेयर बालेन्द्र साहले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेस पुगेर घरधनीको झाँको झारेका छन् ।  अनधिकृत संरचना हटाउन बिहीबार अनुगमनका क्रममा नयाँ बानेश्वर पुगेका उनी कम्प्लेक्सका सञ्चालकमाथि खनिएका हुन् ।

अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँ खाली गर्नका लागि आग्रह गर्दा निर्देशक शर्मा नमानेपछि मेयर शाह झोक्किएका हुन् ।

बालेनले बेसमेन्ट खाली गर्न आदेश दिएपछि अल्फाबिटाका मालिक द्विराज शिवाकोटीले प्रतिवाद गरेका थिए ।घरबेटीले संरचना हटाउनका लागि आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको र थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गर्दै निर्देशकले कम्प्लेक्सको नक्सा अहिले आफूसँग नभएको भन्दै मेयर शाहसँग हुनुपर्ने भनेपछि उनी झोक्किएका थिए ।

तपाईंको विल्डिङको पार्किङ कहाँ छ ?’ बालेन प्रश्न गरे ।

‘काठमाडौंका सबै विल्डिङमा पार्किङ छ त हजुर ?’ शिवाकोटीले प्रतिपश्न गरे ।

बालेनले कमर्सीयल विल्डिङमा पार्किङ हुनैपर्ने जवाफ दिए ।

‘हामी काठमाडौंभरिका कमर्सियल विल्डिङको पार्किङ एरिया खालि गरिरहेका छौं,’ उनले भने ।

शिवाकोटीले भने आफ्नो भवनको बेसमेन्टमा सवारीसाधन छिराउन सकिने बाटो नै नभएको बताए । उनले सरकारसँग अनुमति लिएर व्यवसाय सञ्चालन गरेको दाबी गरे ।

बालेनले सोधे, ‘तपाईंले हस्पिटल खोल्ने, ल्याब खोल्ने भनेर एप्रूभल लिनुभएको छ ?’

‘मैले व्यवसाय गर्ने भनेर लिएको छु,’ शिवाकोटीले जवाफ दिए ।

त्यसपछि बालेन एकाएक जंगिए ।

‘तपाईंको घरको नक्शा मसित हुनुपर्छ ?’ उनले उँचो स्वरमा भने ।

‘अनि नगरपालिकासँग हुनु पर्दैन ? तपाईंको अफिसमा होला नि,’ घरधनीले जवाफ दिए ।

आफूहरुले पार्किङका लागि अलग्गै स्थान छुट्याएकाले बेसमेन्टलाई व्यवसायिक प्रयोजनमा लगाएको शिवाकोटीको भनाइ थियो ।

आजै शंखमूलस्थित अन्डरग्राउन्डमा सञ्चालित बर्गर हाउस हटाउन निर्देशन दिइएको छ । महानगरले यही भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अन्डरग्राउन्ड खाली गराउन सुरु गरेको थियो ।

“यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना बाँकी राखिने छैन”, कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भने। नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने उनले बताए। “संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने छ”, लम्सालले भने।   

काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन (बालेन्द्र) साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ ।साना व्यापारीहरु मर्कामा परेको भन्दैसंघले गम्भीर आपत्ति जनाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top