होमपेज / समाज
सुर्खेत। कर्णाली प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले मंसिर ४ गते हुन गइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा चुनावकाे अघिल्लाे दिन १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने बताउनुभएकाे छ । वीरेन्द्रनगरमा सम्पन्र 'चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवा संलग्नता' विषयमा बहुपक्षीय बहस कार्यक्रममा प्रदेश निर्वाचन प्रमुख चालिसेले यस्ताे बताउनुभएकाे हाे ।
मतदाता नामावलीमा १८ वर्ष पुगेका व्यक्तिकाे नाम अनिबार्य हुनुपर्ने बताउँदैं निर्वाचन प्रमुख चालिसेले निर्वाचन कार्यालयबाट प्रकाशन हुने अन्तिम नामावली प्रकाशन भएका राजनीतिक दलका चुनाब चिन्ह मात्र प्रत्यक्ष निर्वाचनका लागि मतपत्र छापिने जानकारी दिनुभयाे । निर्वाचनका बारेमा युवा सचेत हुनुपर्ने बताउँदै निर्वाचन प्रमुख चालिसेले प्रत्येक दलका नेतालाइ युवाका बारेमा तपाइकाे नीति के हाे भनेर साेध्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य राजु नेपाली, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल र जिल्ला युवा परिषद सुर्खेतका अध्यक्ष निरज भट्टराई मुख्य बक्ताका रूपमा उपस्थत हुनुभएकाे थियाे । कार्यक्रममा सुर्खेत स्थित युवा र निर्वाचन शिक्षाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेको थियो।
इन्टरनेशनल फाउन्डेसन फर इलेक्ट्रोल सिस्टमको आर्थिक सहयोग र नेपाल युवा संस्था संजाल आयोनको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवा संलग्नता विषयक बहुपक्षीय बहस कार्यक्रम सम्पन्न भएको हो ।