ट्रेण्डिङ

होमपेज / समाज

गृह तथा सञ्चार राज्यमन्त्रीद्वारा रासस जनकपुर कार्यालयको निरीक्षण

नेपालगाथा २०७९ भाद्र ८ गते बुधबार १६:१९:१६ मा प्रकाशित

काठमाडौं ।  मधेस प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति रासस को मधेस प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा राज्यमन्त्री कर्णले राससको प्रादेशिक कार्यालय जनकपुरधामलाई तत्काल आवश्यक सञ्चार उपकरण तथा फर्निचर सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

साथै उहाँले कार्यालय व्यवस्थापनसँगै ग्रामीण र खोजमूलक समाचार सङ्कलन गर्न सुझाब दिनुहुँदै राससकर्मीहरुको दक्षता अभिवृद्धिका लागि मन्त्रालयले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । रासस प्रदेश कार्यालयका निमित्त प्रमुख राजु विश्वकर्माले भौतिक संरचनाको अवस्थासँगै पछिल्लो समय कार्यालय व्यवस्थामा देखिएको चुनौतिको बारेमा राज्यमन्त्री कर्णलाई जानकारी गराउनुभयो ।

विसं २०४१ मा निर्मित भवनको  हालै जीर्णोद्वार गरिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top