ट्रेण्डिङ

होमपेज / समाज

भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ

नेपालगाथा २०७९ भाद्र ८ गते बुधबार १५:२२:३७ मा प्रकाशित

काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । 

बुधबार बिहान जजिरा एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कुवेत जान लागेका महिलाहरुलाई प्रहरीले शंकास्पद कागजातका आधारमा रोकेको हो ।

उनीहरू बुधबार बिहान ३ बजे जजीरा एयरकाे उडानमार्फत कुबेत जान लागेका थिए । भिजिट भिसाका लागि आवश्यक कागजात नभएकाले मानव तस्करीमा संलग्न समूहले कुबेत लैजान लागेको आशंकामा प्रहरीले उनीहरूलाई रोकेको हो ।

‘दुबईमा भिजिट भिसामा जान लागेको भनेका थिए, तर विश्वसनीय आधार नदेखिएपछि फर्काएका हौं,’ प्रहरी स्रोतले भन्यो । उनीहरुलाई विदेश लगेर श्रम भिसा दिलाउने प्रलोभन देखाइएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top