होमपेज / समाज
तनहुँ । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी तोकिएको छ।
बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह पलको मुद्दामा आज सुनुवाइ हुँदैछ । नवलपुर जिल्ला अदालतले आज र तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेसी तोकेको हो ।
बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्धाको पेसी तोकिएको शाहको पक्षवाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए ।
पेसी तोकिएसँगै अदालतबाट शाह धरौटीमा छुट्नेछन् वा थुनामा रहेर मुद्दा लड्नेछन् भन्ने कुराको निर्णय १५ भदौमा हुनेछ ।