ट्रेण्डिङ

होमपेज / समाज

न्युरोडको आरबी कम्प्लेक्समा महानगरपालिकाले किन चलायाे डोजर?

नेपालगाथा २०७९ भाद्र ८ गते बुधबार १४:०४:५३ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित आरबी कम्प्लेक्स र रञ्जना गल्लीभित्र बनेका अनधिकृत संरचना बुधबार भत्काएको छ ।

काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो ।३५ दिने ‘अल्टिमेटम’पछि पनि संरचना हटाउन अटेर गरिएको भन्दै महानगरले डोजर चलाएर भत्काएको हो ।

पार्किङ प्रयोजनमा ल्याउने भनी नक्सापास गरिएका संरचनालाई व्यापारिक प्रयोजनमा ल्याइएको स्थानका पसल, टहरा भत्काउन सुरु गरेको नगर प्रहरी बलका प्रमुख एवं एसपी राजुनाथ पाण्डेले बताए ।

मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top