ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँबाट आपराधिक क्रियाकलापमा संलग्न ८८ पक्राउ

नेपालगाथा २०७९ भाद्र ७ गते मंगलबार १८:४८:४९ मा प्रकाशित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९र८० को पहिलो साउन महिनामा आपराधिक क्रियाकलापमा सङ्लग्न ८८ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले साउन १ गतेदेखि ३१ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र जरिवना तोकिएका ८८ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग अदालतले ११ वर्ष सात महिना २८ दिन कैद भुक्तान र रु ४१ लाख ९१ हजार ३२२ जरिवाना असुल गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top