होमपेज / समाज
काठमाडौं । सरकारी सेवाको आवेदनमा लोकसेवा आयोगलाई विपक्षी बनाएर परेको सबै रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
संवैधानिक इजलासले मंगलवार गरेको फैसलासँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि परीक्षा लिने बाटो खुलेको छ ।कामु प्रधान न्यायाधीश दीपककुमार कार्की अध्यक्षताको संवैधानिक इजलासमा न्यायाधीशहरूमा विश्वम्भर श्रेष्ठ,अनिल कुमार सिन्हा,बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन् ।