ट्रेण्डिङ

होमपेज / समाज

सप्तरीमा तस्करीको सामान लिन पुगेका प्रहरी र स्थानीयबीच झडप, ३ राउण्ड हवाइ फायर

नेपालगाथा २०७९ भाद्र ७ गते मंगलबार १७:१२:२९ मा प्रकाशित

जनकपुरधाम । सप्तरीको बलान विहुल गाउँपालिका ४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

 झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेका छन् ।तस्करीको समान नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि स्थानीयले ढुंगामुडा गरेपछि झडप भएको हो । 

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन गएका प्रहरीविरुद्ध तस्करको समूहले आक्रमण गरेपछि प्रहरीले हवाइ फायर गरेको बताए ।

उनले तस्करीका के समान बरामद भयो भन्ने विषयमा पछि जानकारी दिने र अहिले अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top