होमपेज / समाज
काठमाडौं । फुटपाथ व्यापारीले मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।
महानगरले फुटपाथ व्यवस्थापन भन्दै साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले महानगरपालिका प्राङ्गणमा नाराबाजी गरेका हुन् ।
उनीहरूले मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र पनि बुझाएका छन् ।‘सर्वसाधारणको गाँस खोस्न पाइँदैन’, ‘रोजीरोटी खोस्न पाइँदैन’ भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।